क्षेत्र निर्धारण आयोगले पहिलो चरणको छलफल टुंग्यायो

२४ असार । निर्वाचन क्षेत्र निर्धारण आयोगले विभिन्न क्षेत्रका प्रतिनिधिसँगको पहिलो चरणको छलफल सकेको छ ।

आयोगले राजनीतिक दल, विभिन्न क्षेत्रका विज्ञ, कानुन व्यवसायी महिला अधिकारकर्मी, नागरिक समाज तथा पूर्वप्रशासक हुँदै सोमबार नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरुसँग छलफल गरी पहिलो चरणको छलफल टुंग्याएको हो । सोमबारको छलफलमा मुख्य सचिव तथ सचिवहरुले धेरैलाई मान्य हुने र क्षेत्रका कारण कम भन्दा कम विवाद हुनेगरी प्रतिवेदन तयार पार्न सुझाव दिएका छन् ।

सचिवहरुले अहिलेको प्राथमिकता मंसिर चारको चुनाव भएको भन्दै क्षेत्र निर्धारणको विवादले चुनाव प्रभावित हुने अवस्था नल्याउन आयोगलाई आग्रह गरेका हुन् । सतिवहरुले अहिले विवादमा फस्ने समय नभएको भन्दै यसअघिका आयोगको काम कारवाही र कम विवाद आउने तरिका अपनाउन पनि आयोगलाई सुझाव दिएका छन् । एक महिनाको कार्यवधी पाएको आयोगले पहिलो चरणको छलफल पछि प्रतिवेदन तयारीका क्रममा आवश्यक परे विज्ञहरुसँग थप सुझाव लिने जनाएको छ । यसअघि ६३ सालमा निर्वाचन क्षेत्र निर्धारण भएको थियो ।

संविधानमा हरेक १० वर्षमा क्षेत्र निर्धारण हुने व्यवस्था रहेपनि जनगणनाको स्वरुपमा बदलाव आएका कारण पुनः हुन लागेको हो । आयोगलाई ६३ साल अघिका दुइसय पाँच क्षेत्र घटाउने अधिकार छैन भने दुइसय ४० क्षेत्र बढाउने अधिकार पनि संविधानले दिएको छैन । आयोगले ६३ मा थपिएका ३५ क्षेत्र जनसंख्याका आधारमा परिवर्तन गर्ने र यस अघि विद्यमान क्षेत्रमा जनसंख्याको स्वरुपका आधारमा सिमांकन गर्नेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...