१४ औं चरणको रेसमा माट्टेउले पहिलो स्थान प्राप्त गरे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

१४ औं चरणको रेसमा माट्टेउले पहिलो स्थान प्राप्त गरे

Share This
३० असार । इटालीका माट्टेउ ट्रेनटिनले टुर डी फ्रान्स साइक्लिङ प्रतियोगिताअन्तर्गत १४ औ चरणको दूरी पहिलो स्थानमा पूरा गरेका छन ।
गएराति भएको प्रतिस्पर्धामा सेन्ट पौरकेन सुर सिउले देखि लायनसम्मको १ सय ९१ किलोमिटरको दूरी इटालीका माट्टेउ ट्रेनटिनले ४ घण्टा १५ मिनेट ११ सेकेन्डमा पूरा गदै पहिलो स्थान हात पार्न सफल भएका हुन् ।

त्यस्तै, स्विजरल्याण्डका मिचेल अल्बासिनीले दोस्रो तथा अमेरिकी एन्ड्री तालान्स्किले तेस्रो स्थानमा रहँदै दूरी पूरा गरेका छन् । समग्रमा अहिलेसम्म ५५ घण्टा २२ मिनेट २८ सेकेन्डमा रेश पूरा गर्दै ब्रिटेनका क्रिश फोमी शीर्ष स्थानमा छन् ।

फोमीभन्दा मात्र २ मिनेट २८ सेकेन्ड पछाडि दूरी पुरा गरेका नेदरल्याण्डस्का बौके मोल्लेमा दोस्रो तथा स्पेनी अल्बेर्टो कोन्टाडोर तेस्रो स्थानमा छन् । प्रतियोगिताअन्तर्गत आइतबार गिभोरसदेखि मोन्ट भेनटौससम्मको २ सय ४२ दशमलव ५ किलोमिटरको दूरीका लागि प्रतिस्पर्धा हुनेछ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here