विहारको महाबोधी मन्दिरमा बम विष्फोट

२३ असार । भारत बिहारको गया जिल्लास्थित महाबोधी मन्दिरमा एकपछि अर्को गर्दै श्रृंखलाबद्ध आठ पटक बम विष्फोट गराइएको छ ।

श्रृंखलावद्ध रुपमा आठ पटकसम्म गराएको विष्फोटमा कोही हताहत नभए पनि दुई जना घाइते भएका छन् । घाइते हुने एक बौद्ध भिक्षु हुन् भने एक जना मन्दिर परिसरमा बस्ने व्यक्ति हुन् ।

विहान करिब साँढे पाँच बजेतिर विष्फोट हुँदा मन्दिर परिसरमा धुँवा फैलिएको र विष्फोटका आवाज कयौं माईल परसम्म सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । महाबोधी मन्दिरलाई नै लक्षित गरी विष्फोट गराइएको बताइएको छ ।

बोधी वृक्षकै मुनीपनि विष्फोट गराइएको सञ्चारमाध्यमहरुले जनाएका छन् । विष्फोटलगत्तै बिहारभर सुरक्षा ब्यवस्था कडा बनाइएको छ । भारतको गृह मन्त्रालयले घटनामा आतंकवादीको हात रहेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...