मुस्ताङका १४ गाविस खुल्ला दिशामुक्त क्षेत्र घोषणा

२० असार । हिमालपारीको जिल्ला मुस्ताङमा १४ गाउँ विकास समितिलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ ।

असार मसान्तसम्म पूरै जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने लक्ष्य राखिएको छ । १६ गाविस मध्ये १४ गाविस भने खुल्ला दिसामुक्त घोषणा गरिएको हो । लेते, कुञ्जो, टुकुचे, मार्फा, जोमसोम, कागवेनी, मुक्तिनाथ, झोङ्क, छुक्साङ, चराङ, सुर्खाङ, छोन्हुप र छोसेर खुल्ला दिसामुक्त गाविस घोषणा भएका छन् ।

पर्यटकीय जिल्ला मुस्ताङलाई स्वास्थ्य र सरसफाईमा पनि अग्रपक्तिमा ल्याउन घर घरमा शौचालय निर्माण अभियान चलाइएको जिल्ला विकास समिति मुस्ताङका स्थानिय बिकास अधिकारी डिल्लीराम सिग्देलले जानकारी दिनुभयो । नेपाललाई सन् २०१५ सम्म पूर्ण सरसफाई र स्वच्छता भएको देश घोषणा गर्न देशका विभिन्न जिल्ला र गाविसहरु खुल्ला दिसामुक्त घोषणा गरिएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...