क्रोएसियालाई युरोपेली युनियनको २८ औं सदस्यको मान्यता


१७ असार । क्रोएसियाले युरोपेली युनियनको २८ औं सदस्यको मान्यता पाएको छ ।

युरोपेली आयोगका अध्यक्ष जस म्यानल बोरोसोलले क्रोएसिया युरोपेली युनियनमा आबद्ध भएको घोषणा गरेलगत्तै हजारौं सर्वसाधारणले खुसियाली मनाएका छन् । राजधानी जाग्रेवमा उनीहरूले खुसियाली मनाएका हुन् ।

क्रोएसियन राष्ट्रपति इभो जोसिपोभिकले युरोपेली युनियनमा आप्mनो मुलुकको आबद्धता ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन् । क्रोएसियाले ८ वर्षदेखि युरोपेली युनियनको सदस्यता लिन प्रयासरत थियो । दुई दशकअघि तत्कालीन युगोस्लाभियाबाट स्वतन्त्रताका लागि क्रोएसियाले रक्तपातपूर्ण युद्ध गर्नुपरेको थियो ।

४४ लाख जनसंख्या रहेको क्रोएसियाको युनियनमा भएको आवद्धतालाई स्वतन्त्रताको युद्ध यताकै ऐतिहासिक क्षण मानिएको छ । युगोस्लाभियाबाट टुक्रिएका मुलुकहरूमध्ये युरोपेली युनियनको सदस्यता पाउने क्रोएसिया दोश्रो मुलुक हो । यसअघि रोमानिया, स्लोभानिया र बुल्गेरिया युरोपेली युनियनमा आबद्ध भएका थिए । आन्तरिक आर्थिक मन्दी र युरोपेली युनियनमा आर्थिक संकटका बाबजुद क्रोएसियाको सदस्यता सकारात्मक भएको अधिकारीहरूले जनाएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...