२७ असार । लगातारको वर्षाका कारण प्युठानको गोठीवाङमा गएको पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्ला विकास समिति रोल्पामा कार्यरत ईन्जिनियर देवराज आचार्य र प्राविधिक लोकराज खड्का रहेका छन् । लगातारको बर्षाका कारण भालुवाङ्ग प्यूठान र रोल्पा सडक खण्ड अन्तरगत प्यूठानको गोठिवाङ्गमा विहीबार विहान पहिरो गएको हो ।
ईन्जिनियर आचार्यको घटना स्थलमै मृत्यु भएको हो भने प्राविधिक खड्काको उपचारका लागि अस्पताल तर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको थियो । पहिरोमा परि गाडिमा सवार जिविस रोल्पामा कार्यरत कर्मचारीका छोरा भुवन श्रेष्ठ, चालक सुवास बिष्ट गंम्भिर घाइते भएका छन् । उनलीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पहिरोमा पुरिएर प्युठानमा दुई जनाको मृत्यु
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment