भारतीय विदेशमन्त्री खुर्सिदनेपालमा, खुर्सिदबाट राजनीतिक भेटघाटलाई तीब्रता

काठमाडौँ २५ असार । एक दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतीय बिदेशमन्त्री सलमान खुर्सिदले आसन्न संविधानसभा चुनावलाई सघाउन भारत तयार रहेको बताउनुभएको छ ।

नेपाल आएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गदै खुर्सिदले चुनावप्रति ऐक्यबद्धता जनाउँदै चुनावमा सघाउन भारत तयार रहेको बताएका हुन । उनले नेपालको परिबर्तन नेपाली जनताको चाहना अनुसार हुनुपर्ने भारतको धारण रहेको बताएका छन ।

खुर्सिदले राष्ट्रपति, मन्त्रिपरिषदका अध्यक्ष लगायत राजनीतिक दलका शीर्ष नेतासँग भेट गरी आजै स्वदेश फर्कने कार्यक्रम छ । निर्वाचन प्रयोजनका लागि भारतले नेपाल सरकारको माग अनुसार गाडी सहयोग गर्ने तय भएको छ । अन्य एजेण्डा नरहेको दुवै पक्षका कुटनीतिक निकायले जानकारी गराएका छन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...