चुनाव वहिष्कारको नीति लिनु बाध्यात्मकः बैद्य

२३ असार । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले मंसिर ४ मा हुने संबिधानसभाको चुनाव बहिष्कारको नीति लिनु बाध्यता भएको बताउनु भएको छ ।

काठमाडौमा आइतबार भएको कार्यक्रममा अध्यक्ष बैद्यले जनयुद्धको ठूलो शक्तिलाई पाखा लगाएर चुनाव गर्न खोजेका कारण बहिष्कारको निति बाध्यताका कारण लिएको बताउनु भएको हो । उहाँले संविधान बनाउन नसकेका आफसल चारदललाई दण्डित गर्नुपर्नेमा थप प्रोत्साहन गर्न लागेको आरोप लगाउनुभयो ।

अध्यक्ष बैद्यले जबरजस्ती चुनाव गराउन खोजे शान्ति प्रक्रिया नै धरापमा पर्ने जिकिर गर्नुभयो । उहाँले उच्चस्तरीय राजनीतिक समितिले वार्ताको आह्वान गरेको भन्दै आफनो पोलिटब्युरो बैठकले टु्ंगो लगाउने बताउनुभयो ।

कार्यक्रममा सार्बजनिक बिद्यालयबाट एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने काठमाडौ भक्तपुर र ललितपुरका बिद्यालयहरुलाई सम्मान गरिएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...