कृष्ण ओली ।
५ साउन । बर्षौदेखि संरक्षणको पर्खाइमा बसेको बाजुरा जिल्लाको ठुलो ताल छेडेदहको संरक्षणमा स्थानीयले चासो देखाउन थालेका छन् ।
संरक्षण अभावमा पछिल्लो समयमा तालको अस्तित्व लोप हुनथाले पछि स्थानीयले संरक्षणका लागि चासो देखाएका हुन् । गाई, गोरु भैंसी चराउँन, नहुदाउन, पौडी खेल्नका रुपमा प्रयोग हुदै आएको तालको शोभा र अस्तित्व संकटमा परेपछि स्थानीयले तालको संरक्षण र सम्वद्र्धनमा चासो देखाउन थालेका छन् ।
जिल्लाको आटीचौर गाविस–१ लम्गाउँमा पर्ने उक्त तालको संरक्षणका लागि पहिलो पटक घेरवार कार्य सम्पन्न भएको छ । उनीहरुले सुदूरपश्चिम विकास आयोग अन्तरगत खप्तड पर्यटन विकास समितिको तीन लाख अनुदान र स्थानीयको श्रमदानमा घेरबार गरेका हुन् । गाई भैसीका लागि चरिचरन, पानी खुवाउने, पौडी खेल्ने कामका लागि प्रयोग गर्दै आएका स्थानीयले यो वर्षबाट सम्पूर्ण कार्य बन्द गरी तालको संरक्षण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका पहल अघि बढाएका हुन् ।
प्राकृतिक सौन्दर्यले भरिएको तालको चारैतिर धना जंगल, तालको बीचमा खापर देवताको मन्दिर रहेको छ । ताल आटीचौर, गुदुखाती र डोगडी गाविसको सिमानामा अवस्थित । पछिल्लो समयमा तालको महिमा र संभावना बुझ्न थालेपछि स्थानीबासीले संरक्षणमा चासो देखाएका हुन् ।
नेपालको सबैभन्दा ठूला ताल ‘रारा ताल’ र खप्तड क्षेत्रमा घुम्न जाने पर्यटकहरुको बाटो पनि सो क्षेत्रबाट नै पर्ने भएकाले पनि यो तालले पर्यटकीय सम्भावना उत्तिकै बोकेको छ ।
प्राकृतिक छटाले भरिपूर्ण ‘ छेडेदह’ तालका केही फोटोहरुः
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

पर्यटकीय सम्भावना बोकेको बाजुराको छेडेदह ताल ओझेलमा (फोटो फिचर)
Share This
Tags
# Photo Feature
# Travel & Tourism
Share This
About hamro yatra
Travel & Tourism
Labels:
Photo Feature,
Travel & Tourism
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment