चौथो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

चौथो एकदिवसीय क्रिकेटमा पाकिस्तान विजयी

Share This
७ साउन । वेस्ट इन्डिजमा जारी पाकिस्तान–इन्डिज एकदिवसीय क्रिकेट प्रतियोगिताको चौथो एक दिवसीय खेलमा पाकिस्तान बिजयी भएको छ ।
डकवर्थ लेविस नियमका आधारमा पाकिस्तानले इन्डिजलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै पाकिस्तानले पाँच खेलको श्रृखलामा दुई एकको अग्रता लिएको छ ।
बर्षाका कारण ४९ ओभरमा छोट्याइएको खेलमा पहिले ब्याटिङ गरेको इन्डिजले ७ विकेट गुमाउँदै दुई सय ६१ रन बनाएको थियो । इन्डिजका लागि मार्लोन स्यामुयल्सले सर्वाधिक एक सय ६ रन बनाएका थिए । यस्तै इन्डिजको इनिङमा लेन्ड्ल सिमोन्सले ४६ र जेम्स चाल्र्सले ३२ रनको योगदान दिएका थिए ।

दुई सय ६२ रनको लक्ष्य पच्छ्याएको पाकिस्तानले व्याटिङ सुरु गरेपछि पुन खेल बर्षले प्रभावित भएको थियो । खेल अवरुद्ध भएपछि पाकिस्तानले ३१ ओभरमा एक सय ८९ रनको लक्ष्य पाएको थियो । पाकिस्तानले उक्त लक्ष्य ३० ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको थियो । पाकिस्तानको इनिङमा मोहम्मद हाफिजले सर्वाधिक ५९ रनको योगदान दिइ । यस्तै कप्तान मिस्वाह उल हकले नटआउट ५३ रन बनाए ।

बलिङतर्फ पाकिस्तानका मोहम्मद इरफानले दुई किवेट लिए । इन्डिजका केमर रोच, जेम्स होल्डर र ड्वायन ब्राभोले एक–एक विकेट लिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here