यौन शोषणको शिकारमा अमेरिकी सेना

२५ असार। अमेरिकी सेनाका सैनिकहरु यौन शोषणको शिकार हुने गरेको प्रतिवेदन सार्वजनिक भएको छ ।

अमेरिकी रक्षा मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०१२ मा मात्रै अमेरिकी सेनामा कार्यरत महिला र पुरुष गरी २६ हजार सैनिक यौन शोषणको शिकार भएका छन् ।

यौन हिंसाको शिकार हुनेमा अधिकांश तल्लो पदका सैनिक रहेको र उच्च पदस्थ अधिकारीले उनीहरुमाथि यौन हिंसा गरेको प्रतिवेदनमा उल्लेख छ । सेनाको आधिकारिक अनुमान अनुसार सन् २०१२ मा लगभग चार हजारको हाराहारीमा यौन हिंसाका मुद्दा दायर गरिएकामा केही मुद्दामा सुनुवाई भएको छ ।

हिंसाका शिकार हुनेमा १५ प्रतिशत महिला हुन् भने बाँकी पुरुष छन् । प्रतिवेदन सार्वजनिक भएलगत्तै यसको गम्भीर रुपमा छानबीन गरिने अमेरिकाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...