राज्यले दोस्रो दर्जाको रुपमा हेरेको सुकुम्बासीको गुनासो

२५ असार । रुपन्देहीको भगवानपुर गाबिसमा रहेका खाली जग्गामा बसोबास गदै आएका सुकुम्बासीहरुले आफुलाई राज्यले दास्रो दर्जाको रुपमा हेरेको गुनासो गरेका छन् ।

राज्यले बेवास्ता गरेका कारण आफुहरुले बर्षो देखी कष्टकर जिबन बिताउन बाध्य भएको बताएका छन् । लम्तिहवा र भर्तापुर गाउँका सैयौ घरपरिवारले आफुहरु राज्यको नागरिक भए पनि दोस्रो दर्जा सरह सरकारी सेवा सुबिधाबाट बञ्चित हुनपरेको गुनासो गरेका हुन् ।

उनीहरुले बाउ बाजेका पालादेखी जोतभोग गर्दै आएको जग्गा जमिन आफ्नो नाउमा हुन नसक्दा सधै तनावमा जिउनु परेको गुनासो गर्दै जोतभोग गर्दै आएको जग्गा आफ्नो नाममा पारिदिन सरकारसग आग्रह गरेका छन् । बिक्रम सम्वत १९७८ देखि बसोबास गर्दै आएका सयौ किसान परिवारले जग्गा भोगचलन गर्दै आए पनि राज्यबाट पाउने बिधवा भत्ता, बृद्धभत्ता, शिक्षा, स्वास्थ्य लगाएतका सरकारी सेवा सुबिधा नपाएको गुनासो गरेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...