निर्वाचन बिथोल्न सम्पुर्ण शक्ति परिचालन गर्ने बैद्यको भनाई

नेकपा माओबादीका अध्यष मोहन बैद्यले मंसिर ४ गतेको निर्वाचन बिथोल्न सम्पुर्ण शक्ति परिचालन गर्ने बताएनुभएको छ ।

पोखरामा बुधबार गरेको पत्रकार सम्मेलनमा बैद्यले जनयुद्धको अपमान तथा जनयुद्धमा बगेको रगतको अवमुल्यन हुने गरी घोषणा भएको निर्वाचनले जनताको संविधान लेख्न नसक्ने निश्कर्ष निकाल्दै चुनाव बहिष्कार गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

अध्यक्ष बैद्यले चुनाव बहिष्कारका लागी सम्पुर्ण पार्टी पंक्ती , पार्टीका जनवर्गीय मोर्चा तथा आन्दोलनमा सहकार्य गरीरहेका ३२ दलले थप आन्दोलन सार्वजनिक गर्ने बताउनुभयो । उहाँले सर्वपक्षीय गोलमेच सभा र राष्ट्रीय संयुक्त सरकारको गठन भए निर्वाचनको बारेमा सोच्न सकिने टिप्पणी गर्नु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...