वार्ताका लागि बैद्यको नेतृत्वमा पाँच सदस्यीय टोली गठन

२४ असार । नेकपा–माओवादीले अध्यक्ष मोहन बैद्यको नेतृत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरेको छ ।

काठमाडौमा सोमबार भएको पत्रकार सम्मेलनमा सरकार र उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता गर्न अध्यक्ष बैद्यको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा ,सचिवद्धय नेत्रबिक्रम चन्द र देब गुरुङको समिति गठन गरेको हो । सरकार र उच्चस्तरीय राजनीतिक समितिले बिना शर्त वार्तामा आउनुपर्ने बताउनुभयो । पोखरामा भएको केन्द्रिय समिति र काठमाडौमा भएको पोलिटब्युरो बैठकले मंसिर ४ मा घोषणा गरेको संबिधानसभाको चुनाव शसक्त र सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरेको अध्यक्ष मोहन बैद्यले बताउनुभयो । अध्यक्ष बैद्यले साउन १० गतेबाट प्रचारात्क कार्यक्रम गर्ने कार्यक्रम सन्चालन गर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...