मोहना नदीको जोखिममा कैलालीका ४ जिल्ला

१९ असार । नेपाल–भारत सीमा क्षेत्र हुँदै बग्ने मोहना नदीले कटान तीब्र पारेपछि कैलालीको दक्षिण पूर्वी क्षेत्रका धनसिंहपुर र नारायणपुर गाविसका चार वडा जोखिममा परेका छन् ।

भारतले सीमा क्षेत्रमा नदी नियन्त्रणका लागि वृक्षारोपणका साथै तटबन्ध निर्माण गरेपछि नदीले केही वर्षयता नेपाल तर्फको भूभाग कटान तीब्र पारेको हो । नदीले नारायणपुर गाविसको वडा नम्बर ५ र ९ तथा धनसिंहपुर गाविसको ६ र ८ वडाको भूभागलाई प्रभावित पारेको छ । नदी कटानकै कारण ती वडाका झण्डै सयभन्दा बढी घरपरिवार विस्थापित भइसकेका छन् । उनीहरूको खेतीयोग्य जमीनसमेत नदीले बगाएको छ ।

नेपालको झण्डैं ५ देखि ७ विगाह जमीन नदीले कटान गरेको धनसिंहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउदले बताउनुभयो । तीब्र कटानका कारण सीमा क्षेत्र खक्रौलामा रहेको भन्सार कार्यालयसमेत जोखिममा परेको छ । त्यस्तै, सीमा क्षेत्र निर्माणाधिन पुलसमेत प्रभावित बनेको छ । केही वर्षअघि नदीको धारअनुसार पुल निर्माण भइरहेकोमा हाल नदीले कटान गर्न थालेपछि पुल प्रभावित बन्ने सम्भावना बढ्दै गइरहेको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...