ग्रामीण सडक भत्किएपछि सामान ढुवानी प्रभावित


२० असार । वर्षातका कारण रुकुमका ग्रामिण सडकहरू बन्द भएपछि खाद्यान्नलगायतका सामाग्री ढुवानी गर्न खच्चडको प्रयोग बढ्न थालेको छ ।

काम नपाएर समस्यामा परेका खच्चड व्यवसायीले वर्षातका कारण सडक बन्द भएपछि काम पाएका छन् । स्थानीयवासीले रुकुमको सदरमुकामदेखि आठबिसकोट, आठबिसडाँडा गाँउ, स्यालाखदी, गोतामकोट तथा पूर्वी रुकुमको सिस्ने, तकसेरा, मैकोटलगायतका गाविसमा खच्चडको माध्यमबाट सामान ढुवानी गर्नुपरेको बताएका छन् ।

त्यस्तै, चौरजहारीदेखि आठबिसडाँडागाँउ तथा घेत्मासम्म पनि सडक अवरुद्ध हुँदा खच्चडबाट सामान ढुवानी गर्न थालिएको छ । वर्षेनी यो समयमा खच्चड व्यवसायीले एकलाख देखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...