पार्टी भित्र कुनै विवाद नभएको प्रचण्डको दाबी

१८ असार । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै विवाद नभएको दाबी गर्नुभएको छ ।

पार्टी कार्यालय कोटेश्वरमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले सातौ महाधिवेशनबाट पार्टी विचार र क्रान्तिमा एकढिक्का भएकाले कुनै विवाद नभएको दाबी गर्नुभएको हो । उहाँले पार्टीलाई मजबुत बनाउन बिवस्तारित बैठकले संगठनात्मक सेटिङको ब्यवस्था गर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी सुदृढीकरणको विषय बिस्तारित बैठकले टुङ्गो लगाउने दाबी गर्नुभयो । पार्टीमा सेटिङ मिलाएर संविधानसभाको चुनावमा बहुमत ल्याउने उहाँको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...