नवलपरासीमा अवैध काठ बरामद - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नवलपरासीमा अवैध काठ बरामद

Share This
२८ असार । नवलपरासीको रामग्राम नगरपालीकामा अवैध रुपमा लुकाई राखेको करिब २ लाख बराबरको काठ प्रहरीको टोलीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा गएको टोलीले रामग्राम नगरपालिकाको पोखरापाली भन्ने स्थानबाट अवैध काठ बरामद गरेको हो । ट्याक्टरबाट काठ अनलोड गरी माटोले पुरेर राखिएको अवस्थामा काठ बरामद गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । बरामद गरिएको काठ प्रहरीले जिल्ला वन कार्यालयलाई जिम्मा लगाएको छ । काठ तस्करीमा संलग्न मुख्य व्यक्तिलाई प्रहरीले अझै पक्रन सकेको छैन । सीमावर्ती क्षेत्रका बासिन्दाले भारतबाट अवैध काठ नेपाल भित्र्यााउने गरेको प्रहरीले दाबी गरेको छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here