२५ असार । पोर्चुगलका स्टार खेलाडी क्रिश्चियानो रोनाल्डोले रियल म्याड्रिडबाटै फुटबल खेल जिबनबाट सन्यास लिने क्लबका अध्यक्ष फ्लोरिन्टीनो पेरेजले बताएका छन ।
२८ बर्षीय फर्वाड रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड फर्कने तथा फ्रान्सेली क्लब मोनाको जाने चर्चा पनि चलिरहेको छ । रियल म्याड्रिडले रोनाल्डोसंग नयाँ सम्झौता गर्न गरेको प्रस्ताव अस्वीकार गरेपछि उनले स्पेन छाड्ने चर्चा चलेको थियो । त्यस्तै, म्यानचेस्टर युनाइटेडले आफ्ना पुर्व स्टारलाई ओल्ड ट्राफोडमा भित्राउन प्रयास सुरु गरेको थियो ।
तर हालै मात्र रोनाल्डोले आफु रियल म्याड्रिड क्लबमा खुसी रहेको बताएका छन् । सन् २००३ देखि २००९ सम्म म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग फुटबल खेलेका रोनाल्डो त्यसपछि स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका थिए । रोनाल्डो क्लबमा आबद्ध भएपछि अहिलेसम्म रियल म्याड्रिडले ला लिगा, कोपा डेल रे फुटबल र सुपर कप फुटबलको उपाधी जितिसकेको छ ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment