दलीय सहमति जुटाउन ८ सदस्यीय कार्यदल गठन

४ साउन । उच्चस्तरीय राजनीतिक संयन्त्रले असन्तुष्ट दलसँग औपचारिक छलफल गर्नुपूर्व अनौपचारिक छलफल गर्ने भएको छ ।

संयन्त्रको कार्यलय नयाँ बानेश्वरमा विहीबार साँझ बसेको बैठकले असन्तुष्ट दलसँग छलफल गनुपूर्व ती राजनीतिक दलका मागबारे संयन्त्रका संयोजक रहेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अनौपचारिक छलफल गर्नुहुने भएको हो ।

औपचारिक छलफल गर्नुपूर्व असन्तुष्ट दलका मागका बारेमा जानकारी लिएपछि राजनीतिक संयन्त्रको शुक्रबार बस्ने बैठकमा ती मागका बारेमा छलफल हुने बताइएको छ । त्यस्तै, विहीबारको बैठकमा निर्वाचन क्षेत्र पुनर्निधारणको विषयमा आवश्यक छलफल गरी दलीय सहमति जुटाउन ८ संददीय कार्यदल पनि गठन गरिएको छ । निर्वाचन क्षेत्र पुनर्निधारणको विषयमा दलीय सहमति जुट्न नसकेपछि सहमतिका लागि कार्यदल गठन गरिएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...