सर्वियाका टेनिस खेलाडी भिक्टर ट्रोचीलाई १८ महिनाको प्रतिबन्ध - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

सर्वियाका टेनिस खेलाडी भिक्टर ट्रोचीलाई १८ महिनाको प्रतिबन्ध

Share This
११ साउन । अन्तर्राष्ट्रिय टेनिस संघले सर्वियाका टेनिस खेलाडी भिक्टर ट्रोचीलाई डोपिङमा दोषी ठहर गर्दै १८ महिनाको प्रतिबन्ध लगाएको छ ।
गत अप्रिलमा भएको मोन्टेकार्लो टेनिस प्रतियोगितामा भिक्टरले रगतको स्याम्पल दिन अस्वीकार गरेपछि उनीमाथि संघले कारवाही गरेको हो । भिक्टरले अन्तर्राष्ट्रिय टेनिस संघ सामु प्रयाप्त प्रमाण पेश गर्न नसकेपछि खेलमा प्रतिबन्ध लगाइएको टेनिस संघका अधिकारीहरूले जनाएका छन् । भिक्टर भने आफू निर्दोष भएको र आफूले कुनै पनि प्रकारको प्रतिबन्धित औषधि सेवन नगरेको दाबी गरेका छन् ।
कारवाहीसँगै भिक्टर २०१३ मा डोपिङको प्रतिबन्ध खेप्ने पॉचौ व्यावसायिक टेनिस खेलाडी बनेका छन् । हाल विश्व वरियतामा ५३ औ स्थानमा रहेका २७ वर्षीय भिक्टरले सन् २०११ को जुनमा वरियता क्रममा १२ औं स्थानमा पुगेका थिए ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here