साउन महिनाको ‘व्यापार’ र ‘रौनक’ बढायो हरियो चुराले

भावना शर्मा ।
४ साउन । प्राकृतिक रुपमा पनि हरियो महिना हो, साउन । वनजंगलदेखि खेतवारीसम्म हरियो देखिन्छ । शहरबजारमा पनि साउन लागेसँगै पोशाकको रंग हरियो हुन थाल्छ । विशेष गरी हरियो चुरा र मेंहन्दीले शहरबजारमा साउनको रौनक र व्यापार बढाउँछ ।

साउन महिना शुरु भएपछि युवतीका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । शहरबजारमा आजभोलि हातभरी हरियो चुरा र मेंहन्दी साउन महिनाको विशेष पोशाक जस्तै बनिसकेका छन् । वनजंगलदेखि खेतवारीसम्म हरियो हुने साउन महिनामा प्रकृतिको रङ्गसंग तालमेल मिलाउने गरी महिलाको पोशाकमा पनि बढी मात्रामा हरियो देखिन्छ । तर साउनमा हरियो चुरा र मेहन्दी लगाउनुको कुनै धार्मिक पक्ष भने नभएको संकृतिविद्हरु बताउँछन् । धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र महिलाहरुले लगाउने पोशाकको तालमेल चाख लाग्दो देखिन्छ । त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरादेखि, मेहन्दी र हरिया लुगाको व्यापार पनि उकासिन्छ ।

साउन नलाग्दै सजाएर राखिने चुरा र मेंहन्दीको व्यापार बढेकोमा व्यापारी पनि त्यत्तिकै मख्ख हुन्छन् । हरियो चुरा र मेंहन्दीमा विवाहित र अविवाहित युवती पनि आकर्षण देखिन्छन् । विवाहित महिला सौभाज्ञको प्रतिकको रुपमा हरियो चुरा लागाउ“छन् । अविवाहित युवती पनि हरियो चुरा र मेंहन्दी लगाउ“छन । खास कारण थाहा नभए पनि लगाउनुपर्छ भन्ने सुनेकै भरमा पनि लगाउ“छन् । धार्मिक मान्यन्ता नभए पनि साउन महिना हरियो चुरा तथा मेहेन्दी लगाउनु एक प्रकारको फेसनको रुपमा विकसित भइसकेको छ ।

,

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...