जस्तोसुकै परिस्थितीको सिर्जना भए पनि चुनाव भएरै छाड्छः गच्छदार

१७ असार । उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जस्तो सुकै परिस्थिती सिर्जना भएपनि निर्वाचन स्थगीत नहुने बताउनु भएको छ ।

विराटगरमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै गच्छेदारले सरकारले निर्धारण गरेको मितिमा निर्वाचन नभए मुलुकमा अस्थिरता र अन्यौलता सिर्जना हुने बताउनु भयो । निर्वाचन मात्रै मुलुकको विद्यमान समस्याको समाधान गर्ने उत्तम विकल्प रहेको भन्दै गच्छदारले जसरी भएपनि मंसिर ४ मा निर्वाचन हुने दावी गर्नु भयो ।

मुलुक अहिले विशेष परिस्थितीवाट गुज्रिरहेको भन्दै उहाँले सवै दलका नेताहरुले गम्भीरताका साथ वर्तमान परिस्थितीलाई नसम्हाले मुलुकमा ठुलो दुघर्टना हुने चेतावनी दिनुभयो । निर्वाचनको विरोधमा रहेका दलहरु निर्वाचनमा आउनुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले मुलुकमा अहिले विद्रोहको आवश्कता नरहेको बताउनु भयो ।

फरक प्रसंगमा उहाँले मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले नाम परिवर्तन गरेर जाने बताउनु भयो । नेपालका सवै निर्वाचन क्षेत्रवाट आफ्नो पार्टीको तर्फवाट उमेद्वारी दिने उल्लेख गदै उहाँले पार्टीको नाम छोटो बनाउने जानकारी दिनुभयो । उहाँले अन्य पार्टीसंग एकीकरण हुने कुरा चलिरहेकाले पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने बताउनु भयो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...