स्वीस सरकारबाट नेपाललाई १ अर्ब ३९ करोड रुपैयाँ अनुदान

२१ असार । स्थानीय निकायमा सरकारको जवाफदेहिताको वृद्धि र सुरक्षित बसाईसराई परियोजना सञ्चालनका लागि स्वीस सरकारले नेपाल सरकारलाई एक अर्ब ३९ करोड रुपैँया अनुदान दिएको छ ।

सहयोग सम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा नेपालका लागि स्वीस राजदूत थोमस गास र अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो । स्थानीय निकायमा छिटो र प्रभावकारी सेवा सुविधा तथा जवाफदेहिता वृद्धिका लागि विभिन्न सात जिल्लामा ४ वर्षसम्म परियोजना सञ्चालन गरिनेछ ।

कार्यक्रम सञ्चालन हुने जिल्लामा खोटाङ्ग, ओखलढुंगा, रामेछाप, दैलेख, कालिकोट, अछाम र जाजरकोट छन् । त्यस्तै वैदेशिक रोजगार नीतिलाई सहयोग पु¥याउनेगरी ल्याइएको सुरक्षित बसाइसराई प्राजेक्ट १९ जिल्लामा ४ वर्षसम्म सञ्चालन हुनेछ । परियोजनाले खाडी मुलुकबाट फर्केका नेपालीको क्षमता वृद्धि गरी सुरक्षित बसाईसराईमा सहयोग पु¥याउनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...