गुल्मीको रेसुंगामा एक महिने धार्मिक मेला शुरु - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गुल्मीको रेसुंगामा एक महिने धार्मिक मेला शुरु

Share This
१४ साउन । गुल्मीको रेसुंगामा एकमहिने धार्मिक मेला सुरु भएको छ ।
रेसुङगास्थित पोखरीको पानीमा साउन महिनामा स्नान गरे सम्पूर्ण पाप नष्ट हुने र पुण्य लाभ हुने धार्मिक विश्वाशका कारण मेला लागेको हो । तीन धामबाट ल्याएको पानी राखिएकोले रेसुंगाको पोखरीमा स्नान गरेपछि अन्य चार धाम पुग्न नपर्ने जनविश्वासका कारण यहाँ स्नान गर्नेहरूको घुइँचो लागेको छ ।

श्रद्धालुले महाप्रभु यदुकानन्दले बनाएको महापोखरीमा स्थान गर्छन् । रेसुङगामा साउन महिना बाहेक हरिशयनी एकादशी, कृष्ण जन्माष्टमी, हरिबोधनी एकादशी, साउने औंसी, महाशिवरात्री र बालाचर्तुदशीमा पनि मेला लाग्छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here