६ साउन । प्रहरीले चालकमाथि ज्यादति गरेको भन्दै यातायात मजदुरहरूले आइतबारबाट अनिश्चितकालका लागि मेची राजमार्ग बन्द गरेका छन् ।
झापाको विर्तामोडबाट इलामतर्फ आउँदै गरेको मे १ ज ३४६ नम्बरको ट्याक्सीका चालक मिलन विकलाई कोल्बुङको किटेनीमा प्रहरीले हातपात र गालीगलौजसमेत गरेको भन्दै त्यसको विरोधमा यातायात मजदुरहरूले मेची राजमार्गमा यातायातका साधन ठप्प पारेका हुन्।
उनीसहित अन्य चालकलाई समेत प्रहरीले बिनाकारण उठबस गराउन लगाएको यातायात मजदुरको आरोप छ। तर प्रहरीले भने ट्याक्सीले छतमा यात्रु हालेर ल्याएकाले यात्रुलाई तल ओरालेर भित्र बस्न अनुरोध गरेको अन्य केही पनि नगरेको जनाएको छ।
बन्दका कारण लामो तथा छोटो दूरीका कुनै पनि सवारीसाधन चल्न सकेका छैनन् । इलामबाट पाँचथर, ताप्लेजुङ तथा झापातर्फ जाने सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन्।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

प्रहरी ज्यादतिका विरुद्ध यातायात मजदूरबाट सडक अवरुद्ध
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment