बाजुराका ११ गाविसका नाङ्गा डाँडामा वृक्षारोपण - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

बाजुराका ११ गाविसका नाङ्गा डाँडामा वृक्षारोपण

Share This
कृष्ण ओली ।
१८ असार । बाजुरा जिल्लाको कोल्टी गाविस लगायतका ११ जिल्लालाई हरियाली बनाउने लक्ष्यका साथ जिल्ला वन कार्यालयले सक्रियता बढाएको छ ।
कोल्टी क्षेत्रका गाविसहरु बाधु, रुगिन, वाई, साप्पाटालगायतका ११ गाविसमा रहेका उजाड र नाङ्गा डाँडामा वृक्षारोपण गरी हरियाली बनाउन जिल्ला वन कार्यालयले सक्रियता बढाएको हो । जिल्ला वन कार्यालयले गत साता वन महोत्सवको आयोजना गरी साताव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको जिल्ला वन अधिकृत दयाराम पौडेलले बताउनुभयो । जिल्ला वन कार्यालय, सप्रोस नेपाल, विश्व खाद्य कार्यक्रम र जिल्ला विकास समिति, ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको सहकार्यमा वृक्षा रोपण गरिएको हो ।

नाङ्गा डाँडामा ६५ हजार बढी विभिन्न जातका बोटहरु लगाइएको छ । साताव्यापी रुपमा गरिएको वृक्षारोपण कार्यक्रममा २५ हजार बढी जैतुनका बोटहरु लगाइएका छन् । भने अन्य बकाइनो, सल्ला, ओखर, पैयौँ, उत्तिस, सुन्तला, कागती, स्याउ लगाएत दर्जन बढी जातका बोटहरु रोपिएका छन् ।

नाङ्गा र उजाड डाँडालाई हरियालीसँगै स्थानीयको आयआर्जनमा सहयोग गर्न वृक्षारोपण गरिएको बताइएको छ । कोल्टी क्षेत्रका अधिकांश राष्ट्रिय वनहरु उजाड रहेकोले त्यस क्षेत्रलाई लक्षित गरेर ठुलो मात्रामा वृक्षारोपण गरिएको वन अधिकृत पौडेलको भनाइ छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here