६ साउन । सुदूरपश्चिमका कैलाली, कञ्चनपुर र दार्चुलाका बाढी पीडितहरुलाई राहत वितरण गर्न पूर्व युवराज्ञी हिमानी शाह कैलालीको धनगढी पुग्नु भएको छ ।
गत असार पहिलो साता बाढीबाट पीडित बनेकाहरुलाई हिमानी ट्रष्टमा संकलन भएको राहत वितरण गर्न शाह बुद्ध एयरको उडानबाट धनगढी पुग्नु भएको हो ।
धनगढी विमानस्थलमा राजसंस्था समर्थकहरुले हिमानी शाहलाई स्वागत गरेका थिए । उनीहरुले राजसंस्थाका पक्षमा नाराबाजी समेत गरेका थिए । ठूलो संख्यामा मोटरसाइकलमा रहेका राजसंस्था समर्थकहरु विमानस्थलदेखि धनगढीसम्म नाराबाजी गर्दै पुगेका थिए ।
धनगढीको मुख्य बजारबाट हिमानी शाह आफू बस्ने होटल रुबसमा पैदल हिडेर पुग्नु भएको थियो । होटलमा समेत ठूलो संख्यामा उपस्थित समर्थकले हिमानी शाहको स्वागत गरेका थिए । बाढी पीडितका लागि राहत बितरण गर्न पुर्व राजा ज्ञानेन्द्र शाह र पुर्व रानी कोमल शाह सोमबार धनगढी पुग्ने कार्यक्रम छ ।
पूर्व युवराज्ञी हिमानी शाहलाई स्वागत गर्दै फोटोहरु
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here

बाढीपीडितहरुलाई राहत वितरण गर्न पूर्व युवराज्ञी हिमानी धनगढीमा (फोटो फिचर)
Share This
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment