रियल म्याड्रिड सबैभन्दा धनी स्पोर्टस् क्लब - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

रियल म्याड्रिड सबैभन्दा धनी स्पोर्टस् क्लब

Share This
१ साउन । स्पेनिस क्लब रियल म्याड्रिड सबैभन्दा धनी स्पोट्र्स क्लब बनेको छ ।
फोब्र्सले जारी गरेको वल्र्ड मोस्ट भ्यालुएबल स्पोट्स टिमको सूचीमा रियल म्याड्रिडले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै सबैभन्दा धनी क्लब बनेको हो ।

३२ पटक ला लिगा र ९ पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियल म्याड्रिडको सम्पत्ति ३ दशमलव ३० बिलियन डलर छ । अघिल्लो वर्ष पहिलो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड ३ दशमलव १७ बिलियन डलरसहित दोस्रो स्थानमा छ ।

गत वर्ष आठौं स्थानमा रहेको अर्को स्पेनिस क्लब बासिर्लोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनको हालको सम्पत्ति २ दशमलब ६ बिलियन डलर छ । चौथो स्थानमा अमेरिकन बेसबल टिम न्यूयोर्क यानकेस छ । १ दशमलव ३३ बिलियन डलर सम्पत्ति रहेको आर्सनल दशौं स्थानमा छ ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here