नेपाल फाइनलमा प्रवेश, बंगलादेश ५–१ गोल अन्तरले पराजित - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

नेपाल फाइनलमा प्रवेश, बंगलादेश ५–१ गोल अन्तरले पराजित

Share This
१२ साउन । बंगलादेशलाई पॉच–एक गोल अन्तरले पराजित गर्दै नेपाल अन्डर सिक्सटिन साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । दशरथ रंगशालामा शनिवार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले वंगलादेश माथी खेलको आठौ मिनेटमा अग्रता लियो ।
क्रसबारबाट र्फएको बिमल घर्तीमगरको सटलाई सुजन लिम्बुले गोलको बाटो देखाएका थिए । आक्रामक खेल खेलेको नेपालले २० औ मिनेटमा आफ्नो अग्रतालाई दोब्बर पा¥यो । स्ट्राइकर बिमलले हेडमार्फत नेपालका लागी दोस्रो गोल गरे । त्यसलगतै २२ औ मिनेटमा नेपालका लागी अन्जन बिष्टले तेस्रो गोल थपे । अन्जनले वानभरसेस वनको मुभ बनाउदै आर्कर्षक गोल गरे ।

पहिलो हाफ सम्म तीन–शुन्यको अग्रता बनाएको नेपालले दास्रो हाफमा दुई गोल थप्यो । ५६ औ मिनेटमा बिकाश थापाको क्रसलाई बचाउने प्रयाशमा बंगलादेशका अतिकुजमानले आत्मघाती गोल गरेसगै नेपालले खेलमा चार–शुन्यको अग्रता बनायो । त्यसलगतै कप्तान हेमन्त थापा मगरको लोभलाग्दो फ्रिकिक क्रसबारमा लागेर बाहिरयो । ६० औ मिनेटमा नेपालले खेलमा पॉचौ गोल ग¥यो ।

बंगलादेशी गोलरक्षक सएदुरले सम्हाल्न नसकेको बललाई सुजन लिम्बुले गोल गरे र ब्यत्तिगत गोल सङख्यालाई दुई पु¥याए । खेलमा पुर्ण रुपले नेपालसामु निरिह बनेको बंगलादेशले खेलको ६५ औ मिनेटमा एकमात्र सान्तोना गोल र्फकायो । वंगलादेशकालागी अल अमिन तुसारले गोल गरे ।

खेलमा पॉच–एकको नजिता निकाल्दै फाइनल प्रबेश गरेको नेपालले अब भारत र अफेगानिस्तान बीचको खेलको बिजेतासंग खेल्नेछ । आइतबार भारत र बंगलादेशले लगनखेल स्थीत नेपाल आर्मीको मैदानमा दोस्रो सेमिफाइनल खेल्नेछन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here