१४ साउन । काठमाडौंमा जारी साफ् अण्डर सिक्सटिन फुटबल प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्ने भएका छन् ।
मंगलबार दुई देशबीचको निर्णायक खेल दशरथ रंगशालमा हुदैछ । आइतबार भएको दोस्रो सेमिफाइनलमा अफगानिस्तानलाई टाई ब्रेकरमा ४–३ ले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेट गोल रहित बराबरीमा टुङ्गिएपछि नतिजा टाई–बे्रकरबाट आएको हो ।
प्रतियोगिताको समुह बी मा रहेको भारत समुह विजेता बन्दै सेमीफाईनलमा पुगेको थियो भने समुह ए मा रहेको अफगास्तिान उपविजेताको हैसीयतमा अन्तिम चारमा उक्लेको थियो ।
यसअघि शनिबार भएको पहिलो सेमीफाईनलमा बंगलादेशलाई ५–१ ले हराँउदै नेपालले फाईनलमा स्थान पक्का गरेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment