यहि अवस्थामा चुनाव भए मुलुक सिक्किमिकरण बन्ने खतराः नेकपा–माओवादी


१७ असार । नेकपा–माओवादीको केन्द्रीय समिति बैठक सोमबार तेश्रो दिन पनि पोखरामा जारी छ ।

जारी बैठकमा अध्यक्ष मोहन बैद्यले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहेको पार्टी प्रबक्ता पम्फा भुसालले जानकारी दिनुभयो । बैठकमा सोमबार बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पनि यथास्थितिमा हुने चुनावको विपक्षमा उभिन नेतृत्वलाई सुझाव दिएका छन् ।

उनीहरुले यहि अवस्थामा चुनाव भए नेपाल सिम्किमिकरण बन्ने भन्दै सिक्किमिकरण हुनबाट जोगाउन चुनावको शसक्त प्रतिकार गर्दै शहरी विद्रोहको तयारी गर्नुपर्ने बताएका छन् । बैठकमा सोमबारसम्म अध्यक्ष बैद्यको प्रस्तावमाथि टिप्पणी गर्ने सदस्यहरुको संख्या एक सय पुगेको प्रवक्ता भुषालले जानकारी दिनुभयो ।


चार दिनका लागि बोलाइएको बैठक सदस्यहरुले बोल्ने क्रम भोलीसम्म पनि नसकिए लम्बिने माओवादीले जनाएको छ । सबै केन्द्रीय सदस्यले आफ्ना धारणा राखेपछि पार्टीले स्पस्ट धारणा सार्वजनिक गर्ने जनाएको छ । पहिलोपटक उपत्यका बाहिर सुरु भएको बैठकमा आगामी संविधानसभाको औचित्य, पार्टीको धारणा र भावी कार्यदिशाको बारेमा गम्भिर छलफल भइरहेको नेताहरुले बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...