मोरङमा माया सार्कीमाथि भएको घटनाको विरोधका काठमाडौँमा प्रदर्शन - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

मोरङमा माया सार्कीमाथि भएको घटनाको विरोधका काठमाडौँमा प्रदर्शन

Share This
११ साउन । मोरङ बेलवारी घटनाका पीडकलाई कारवाही गर्न माग राख्दै नेपाल दलित विद्यार्थी संघले काठमाडौंको शान्ति वाटिकामा विरोध प्रदर्शन गरेको छ ।
दलित समुदायमाथि भैरहेको दमन, शोषण, अन्याय र अत्याचार तत्काल बन्द गर्न माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन् । मोरङ वेलवारीकी माया सार्की र मनोज विश्वकर्मालाई स्थानीय जीवन भेटवाललगायतले साउन ७ गते कालोमोसो दलेर जुत्ताको माला लगाई कुटपिट समेत गरेको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।

भेटवालले आफूलाई जवर्जस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी दिएपछि गलत आरोप लगाएको भन्दै मायामाथि कुटपीट गरिएको थियो । सो घटनाका आरोपीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने माग राखेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here