अविरल बर्षाले धनगढी नगरपालिका जलमग्न

४ साउन । बिहिबार रातीदेखि परेको लगातारको वर्षाका कारण कैलाली जिल्लाको धनगढी नगरपालिकाका धेरैजसो क्षेत्र डुवानमा परेका छन् ।

नगरपालिका भित्र पर्ने हसनपुर, बिशालपुर, जाँईं, मटिआरी, जुगेडा, जाकोरताल लगायतका क्षेत्र डुवानमा परेपछि स्थानीयबासीको अवस्था विचल्ली भएको छ ।
डुवानमा परेका केही परिवारहरु सुरक्षीत स्थान तर्फ गएका छन् । डुबानमा परेका कारण धेरै विद्यालयहरु समेत बन्द गरिएको छन् । नगकरपालिका आसपासका बेलादेवीपूर र गेटा गाविसका धेरै वडा डुबानमा परेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...