पत्नी सीताको स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड सिंगापुर प्रस्थान

२३ असार । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर प्रस्थान गर्नुभएको छ ।
श्रीमती सीता दाहालको उपचारका लागि थाइएयरवेजबाट प्रचण्ड सिंगापुर जानुभएको हो ।

सीताको कलेजोमा समस्या देखिएपछि थप उपचारको लागि प्रचण्ड पत्नी सीतालाई सिंगापुर लगिएको हो । प्रचण्डका सहयोगी खकुरेलका अनुसार–‘उपचार गर्न दाहाल दाम्पत्ति मात्र सिंगापुर जानुभएको छ ।’

सीताको स्वास्थ्यमा अचानक समस्या आएपछि पार्टीको साउन पहिलो सातादेखि सुरु हुने विस्तारित बैठकको तयारीलाई छाडेर दाहाल त्यसतर्फ जानु पर्ने अवस्था आएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...