प्रहरीबाट केन्द्रीय कारागारमा अनुगमन

२४ असार । प्रहरीले केन्द्रीय कारागारमा सोमबार अनुगमन गरेको छ ।

पाक्षिक वा मासिक रूपमा अनुगमन हुने गरेको भएपनि सञ्चारकर्मीसहित कारगारभित्र सोमबार पहिलोपटक अनुगमन भएको हो । अनुगमनका क्रममा केही सिसीका बोटल भेटिएका थिए ।
केन्द्रीय कारागारका अपराधीले अपराधका योजना बनाउने र गलत क्रियाकलाप गर्दै आएका कारण तालिम प्राप्त कुकुरसहित छड्के गरिँदै आएको कारगारका सुरक्षा व्यवस्था प्रमुख डीएसपी रमेशकुमार खड्काले जानकारी दिनुभयो । यो कारागारमा चाल्र्स शोभराज, उदय सेट्ठी, अमर टण्डनलगायतका कुख्यात अपराधीहरू बन्दीजीवन बिताइरहेका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...