३० असार । प्रेसटोन क्लब विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल विजयी भएको छ ।
गएराति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले प्रेसटोन क्लबलाई शून्यका विरुद्ध चार गोलअन्तरले पराजित गर्न सफल भएको हो । खेल सुरु भएको १४ मिनेट पनि बित्न नपाउँदै लिभरपुलले प्राप्त गरेको पेनाल्टीलाई सदुपयोग गर्दै फिलीप कौटिन्होले पहिलो गोल गरी क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै, ३७ औ मिनेटमा जोर्डन इबेले दोस्रो गोल गरे । खेलको पहिलो हाफसम्म दुई–शून्य गोलअन्तरले अगाडि रहेको लिभरपुलका लागि ६४ औ मिनेटमा रहिम स्टेरलिङले वान भर्सेस वानमा गोल गोल गरे । एक पक्षीय रहेको खेलको ७५ औ मिनेटमा लोगो एसपासस्ले गोल गरेपछि प्रेसटोन क्लब स्तब्ध भएको थियो । त्यस्तै, गएराति नै भएको मैत्रीपूर्ण खेलमा एफ सी पोर्टो क्लबले ओलम्पिक्यु मार्सिले क्लबलाई तीन—शून्य गोलअन्तरले पराजित गरेको थियो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment