स्नोडेनको शरण स्वीकार नगर्न अमेरिकाको दबाब

१८ असार । अमेरिकी सरकारका गोप्य निगरानी कार्यक्रमहरु सार्वजनिक गरेका पुर्व सिआईए सुचना प्राविधिक इड्वार्ड स्नोडेनले आफुले शरण आग्रह गरेका मुलुकहरुलाई स्वीकार नगर्न अमेरिकाले व्यापक दबाब दिएको आरोप लगाएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सीका गोप्य निगरानी कार्यक्रमहरु सार्वजनिक गरी हङकङ हुँदै रसिया उडेका स्नोडेनले शरण लिन पाउने आफ्नो अधिकारमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्तक्षेप गरेको बताएका हुन् ।

विकिलिक्समा प्रकाशित वक्तव्यमा, हङकङ पछि रसिया पुगेका स्नोडेनले मस्को विमानस्थलमा रहेको होटलबाट पहिलो सार्वजनिक वक्तव्य जारी गर्दै अमेरिकाले आफ्नो अधिकारमा हस्तक्षेप गरेको आरोप लगाएका हुन् । राष्ट्रिय सुरक्षा एजेन्सीले लाखौं नागरिकको फोन रेकर्ड तथा इमेल इन्टरनेटमा निगरानी राखेको खुलासा ३० बर्षिय स्नोडेनले गरे पछि अमेरिका सरकारले उनलाई देशद्रोहको मुद्धा लगाई पक्राउ पुर्जी जारी गरेको छ ।

इक्वेडर सरकारले उनको शरण आग्रह विचाराधिन रहेको बताउँदै आएको छ । यता, रसियाली राष्ट्रपति भ्लादिमीर पुटिनले भने अमेरिकाका गोप्य कार्यक्रमहरु सार्वजनिक गर्न बन्द गरे स्नोडेन रसियामा बस्न सक्ने बताएका छन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...