फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य तीब्र - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य तीब्र

Share This
दीपा आले
२५ असार । ‘शुद्ध नामावली, स्वच्छ निर्वाचन’ नारा दिएर नेपालमा पहिलो पटक सुरु गरिएको फोटो सहितको मतदाता नामावली संकलन तथा दर्ता गर्ने कार्यले यति बेला देशभरि नै तीव्रता पाएको छ ।
निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली अनुसार अबको चुनावमा भोट दिन पाईने नियम लगाएपछि बाँके जिल्लाका जनताहरु यति बेला निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयमा घुईचो लागेका छन् ।

निर्वाचन आयोगले मतदाता नामावलीको म्याद असार मसान्तसम्म मात्र रहने भनेपछि यहांका बासिन्दाहरु फोटो सहितको मतदाता नामावली दर्ता गराउन सक्रिए भएका हुन् ।

बांके जिल्लामा हाल सम्म २ लाख १० हजार २ सय १७ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गराई सकेको छन् । जसमध्ये पुरुषतर्फ १० हजार ६४ सय ४३ र महिला तर्फ १० हजार ३७ सय ७१ जना छन् ।
निर्वाचन अधिकृत लोक बहादुर रानाका अनुसार ‘मतदाता नामावली दर्ताका बारेमा बारम्बार सूचना दिइरहँदा पनि राजनीतिक अस्तीरताका कारण जनताहरुले त्यति चांसो दिएका छैनन् ।’ तर पनि अन्तिम समयमा भने मतदाता नामावली दर्ता नाम गराउनेको घुईचो भने लागेको छ ।

निर्वाचन आयोगका कर्मचारी शुशिला विष्टका अनुसार– ‘समयमै फोटोसहितको मतदाता नामावली दर्ता गराउन नआउँदा आजभोलि दर्ता कार्यमा भीडभाडले भएको र काम गर्ने जनशक्तिमा कमि भएको छ ।

असार मसान्त भित्र उमेर पुगेका सबै नेपाली नागरिकले फोटो सहितको मतदाता नामावली दर्ता गर्नकोलागि बारम्बार सुचना दिईरहेको छ तर सूचना देखि बञ्चित राज्यदेखि पछाडि परेका गाउंबस्तीका जनताहरु अहिले पनि फोटो सहितको मतदाता नामावली दर्ता गर्नबाट बञ्चित भएका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here