प्रधानसेनापति गौरवशम्शेर जबरा चीन प्रस्थान

४ साउन । प्रधानसेनापति गौरवशम्शेर जबरा चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा चीनको बेइजिङ प्रस्थान गर्नु भएको छ ।

प्रधानसेनापति राणा चिनियाँ जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफ फाङ फेङहुइको निमन्त्रणामा ५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नुभएको हो । प्रधान सेनापति राणासँग युद्धकार्य महानिर्देशक उपरथी पवनबहादुर पाण्डे, मेडिकल रथी प्राविधिक सहायक रथी डाक्टर बच्चुराम केसी, स्टाफ अधिकृत र प्रधानसेनापतिका पाश्र्ववती रहेका छन् । प्रधानसेनापति राणा एक सातापछि नेपाल फर्किनु हुनेछ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...