पुल भास्सिएपछि यात्रु अलपत्र

२६ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा पर्ने दुधौरा पुल भासिदा सयौ सवारीसाधन अलपत्र परेका छन् ।

केही दिनयताको अविरल वर्षाले निजगढ–पथलैया सडकखण्ड अन्तर्गतको दुधौरा पुलको पूर्वतर्फको पिल्लर धसिएको हो । पिल्लर धसिएपछि सवारी साधन आवतजावतमा स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले रोक लगाएको छ ।

पुल आसपासका बाढीले कटान जारी राखेपछि ड्यामसमेत भत्किन थालेको छ । बारामा सञ्चालित क्रसरहरूले पुल आसपासबाट ढुंगा र बालुवा जथाभावि निकालेपछि पुल धसिएको स्थानीयको गुनासो छ । सवारी सुचारु गर्न विकल्पको रुपमा छिट्टै ड्राईभसन बनाउने डिभिजन सडक कार्यालय हेटौडाले जनाएको छ ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...