तनहुँमा एक लाख तीन हजार वढि मतदाता घटे - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

तनहुँमा एक लाख तीन हजार वढि मतदाता घटे

Share This
५ साउन । तनहुँमा पहिलो संविधानसभाको तुलनामा १ लाख भन्दा वढि मतदाता घटेका छन् ।
निर्वाचन कार्यालयले ०६४ सालको संविधान सभाको चुनावमा २ लाख ६७ हजार ६ सय १८ जना मतदाता रहेकोमा २०७० असार मसान्त सम्मको फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १ लाख ६३ हजार ६ सय ७२ जनाले गरेकोले अघिल्लो संविधानसभा निर्वाचनमा भन्दा १ लाख ३ हजार ९ सय ४६ ले कमी रहेको सो कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालय तनहुँका प्रमुख कीर्तनराज पौडेलले दिनुभएको जानकारी अनुसार ९० हजार १ सय ३९ महिला र ७३ हजार ५ सय ३३ पुरुषको फोटो सहितको मतदाता नामावली सङ्कलन गरिएको छ । रोजगारीको सिलसिलामा पुरुषहरु विदेशिने क्रम वढेका कारण पनि महिलाको संख्या पुरुषको तुलनमा वढि रहेको कार्यालय प्रमुख पौडेलले वताउनुभयो ।

उहाँका अनुसार क्षेत्र नं १ मा ५० हजार ९ सय ५२,क्षेत्र नं २ मा ५८ हजार ४ सय १४ र क्षेत्र नं ३ मा ५४ हजार ३ सय ६ जना मतदाता रहेका छन् । त्यसैगरी अन्य जिल्लामा पनि यस जिल्लाका मतदाताले नाम दर्ता गराएकाले उनीहरूको नाम आयोगबाट प्रशोधन भई आएपछि लक्ष्य पूरा हुने बताइएको छ । पहिले उमेर नपुगी मतदाता भएको, दोहोरिएको र मृत्यु भएकाहरूको पनि नाम दर्ता गराउने लगायतका समस्या देखापरेकोमा नागरिकता लिएरमात्र नाम समावेश गरिएकाले अहिले धेरै समस्या हटेको कार्यालय प्रमुख पौडेलले वताउनुभयो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here