ढलको निकास नहुँदा विराटनगर बर्षौंदेखि डुबानमा

२४ असार । ढलको निकास नहुँदा विराटनगरबासीले बर्षौंदेखि डुबानको समस्या भोग्दै आएका छन् । एकै दिन परेको बर्षामा समेत विराटनगर जलमग्न हुने गरेको छ ।

विराटनगरबासीले दुइदशक भन्दा बढी समयदेखि डुवानको भोग्दै आएका छन् । तर, पनि विराटनगर उपमहानगरपालिकाले भने अहिलेसम्म नगरबासीलाई डुबानबाट मुक्ति दिन सकेको छैन । उपमहानगरपालिकाले ढलको मर्मत सम्भार र सफाइमा ध्यान पु¥याउन नसक्दा नगरबासी पानीमा डुबेर बस्न बाध्य छन् ।

नालिको पानी जमेर आँगनमा पोखरी बनेपछि विराटनगरबासीको यसरी लुगा माथि सारेर हातमा जुत्ता चप्पल बोकेर बाहिर निस्कनु पर्ने बाध्यता छ । कतिको त घरको भान्सा कोठादेखि पुजा कोठासम्म पानी जमेको छ । घरभित्र र बाहिर जमेको पनी सुक्न तिन दिनसम्म लाग्ने गरेको स्थानीयको भनाइ छ । उपमहानगरपालिकालाई बर्षैपच्छे कर तिरेपनि नगरको विकास अनुभुति गर्न नपाएको स्थानीयको गुनासो छ ।

सडक छेउमा थुपारिएको फोहोर हप्तौसम्म पनि उठ्न नसक्दा फोहोरले नालि पुरिने र थुनिरे गरेका छन् । जसका कारण पानीको निकास नहुदा विराटनगर ढुबानमा पर्ने गरेको छ । बनाएदेखि ढल अहिलेसम्म मर्मत हनु सकेका छैनन् भने नाला सफाइ समेत गरिएको छैन । तर भरखरै एग्रीकल्चर डेभ्लब्मेन्ट बैकं, नेपाल सरकार र नगरविकास कोशसंग सम्झौता भइसकेकाले २०१५ सम्ममा विराटनगरको डुबान समस्यालाई अत्य गर्ने उपमहानगरपालिकाका निमित्त कार्यकारी प्रमुख विनाद कोइलाला बताउनुहुन्छ ।

निकास नभएपछि मानिसको घर आँगनमा ढलको पानी मात्र पुगेको छैन पानीस“गै विभिन्न किरा फट्याङग्रा र सर्प समेत घर भित्र पस्ने गरेका छन् । यो समस्याबाट सबै भन्दा बढी बालबालिका प्रभावित भएका छ्न । डुबानको समस्या लिएर प्रत्येक बर्ष नगरबासी डेलिकेशनका लागि नगरपालिका धाउन गर्छन् । तर पनि उपमहानगरपालिकाले भने अहिलेसम्म व्यवस्थित ढल निकास गर्ने विषयमा चासो दिएको छैन । तत्काल थुनिएका ढललाई सफा नगर्ने हो भने निरन्तर परेको बर्षाले विरानगरबासी अझ ठुलो समस्या भोग्न बाध्य हुनेछन् ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...