बर्तमान सरकारको विकल्प खोजे अझै चार वर्ष अर्को सरकार बन्दैनः सिटौला

२३ असार । कांग्रेस महामन्त्री कृष्ण सिटौंलाले मंसिर चारको चुनाव, मिश्रित निर्वाचन प्रणाली र चुनावी सरकारको विकल्पमा छलफल हुन नसक्ने बताउनु भएको छ ।

काठमाडौंमा आइतबार भएको कार्यक्रममा महामन्त्री सिटौलाले वर्तमान सरकारको विकल्प खोज्न थाले चार वर्षसम्म अर्को सरकार समेत बन्न नसक्ने दाबी गर्नुभयो । सिटौलाले असन्तुष्ट पक्षसँगको वार्ता निर्वाचनमा सहभागी गराउनका लागि मात्र हुने भन्दै निर्वाचन प्रभावित हुने वार्ताको औचित्य नहुने बताउनुभयो ।

उहाँले चुनाव विना राजनीतिक दलको नेतृत्वमा सरकार गराउँदा त्यो लोकतान्त्रिक सरकार नहुने जिकिर गर्नुभयो । उहाँले जनताबाट निर्वाचित नभइकन बन्ने राजनीतिक सरकार लोकतान्त्रिक नभएर तानाशाही हुने दावी गर्नुभयो । सिटौलाले नेकपा माओवादीसहितका राजनीतिक दलसँगको वार्ता जारी रहेको भन्दै कुनै पनि राजनीतिक दल चुनावमा सहभागि नहुने कुरा कांग्रेसले परिकल्पना नगरेको बताउनुभयो ।

एमाओवादीले एकलौटी संविधानसभा विघटन गरेपनि सार्वभौमसत्ता रक्षार्थ कांग्रेसले चुनालका लागि उसैसँग मिलेर चुनाव गर्न लागेको सिटौलाको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...