२५ बुँदे बाधा अड्काउका विषयमा परेको रीट साउन १७ गते देखि नियमित सुनुवाई हुने

२० असार । २५ बुंदे बाधा अड्काउका विषयमा परेको रिटमा साउन १७ गतेदेखि नियमित सुनुवाई हुने भएको छ ।
सर्वोच्च अदालतले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको सरकार गठन पछिका सबै बाधा अड्काउ फुकाउ आदेशविरुद्धको रिट साउन १७ गतेबाट लगातार सुनुवाई सुरु गर्ने भएको हो ।

विहीबार बसेको सर्वोच्चका १० न्यायाधीशको विशेष इजलासले रेग्मी सरकारपछिका सबै बाधा अड्काउ फुकाउ आदेशविरुद्धका सातवटा रिटको सुनुवाई गर्ने निर्णय सुनाएको हो । त्यस अघिका रिटहरु भने नियमित रुपमा सुनुवाई हुने आदेश सर्वोच्चले बताएको छ ।

बिहीबार बाधा अड्काउ विरुद्धका २४ रिटको सुनुवाई सुरु गरे पनि न्यायाधीश आफैँ विपक्षी हुने भन्दै कानुन व्यवसायीहरुले बहस गरेपछि दुई घण्टा बसेको इजलासको बैठकले साउन १७ गतेबाट लगातार सरकार गठन पछिका रिटहरुको सुनुवाई गर्ने निर्णय सुनाएको हो ।

बिहीबारको सुनुवाइमा बाधा अड्काउ आदेशकै आधारमा दामोदरप्रसाद शर्मा कामु प्रधानन्ययाधीश, रामकुमारप्रसाद साह वरिष्ठ न्यायाधीश र बाँकी ५ अस्थायी न्यायाधीश भएकोले उनीहरुले यो मुद्दा सुनुवाई गर्न हुने र नहुने भन्ने विषयमै वकिलहरुले बहस गरेका थिए ।

बाधा अड्काउ फुकाउ आदेश विरुद्धको रिट विषय प्रवेश अघि नै वकिलहरुले मिल्ने वा नमिल्ने तर्क गर्न थालेपछि विशेष इजलासले दुई घन्टाको छलफलपछि मुद्दाको सुनुवाई साउन १७ गतेबाट गर्ने बताएको हो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...