कम्प्युटरको माउसका आविष्कारक एन्जेलवार्टको मृत्यु

कम्प्युटर माउसका आविष्कारक डौग एन्जेलवार्टको ८८ वर्षको उमेरमा निधन भएको छ ।

सुतिरहेका बेला उनको मृत्यु भएको जनाइएको छ । उनले सन् १९६० मा एक काठमा दुई वटा धातुको पांग्रा राखी कम्प्युटर माउसको आविष्कार गरेका थिए ।

यसका साथै इमेल, वर्ड प्रोसेसर र भिडियो टेलिकन्फरेन्सलगायतका अत्याधुनिक सेवाहरूमा पनि उनले योगदान दिएका थिए । उनले अमेरिकाको क्यालिर्फोनिया रिसर्च इन्सिच्युटमा पनि काम गरेका थिए । त्यस्तै, दोस्रो विश्वयुद्धमा राडर टेक्नसियनका रूपमा समेत काम गरेका थिए ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...