१५ साउन । १६ बर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधी भारतले जितेको छ ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउसो साढे तीन बजेपछि सुरु भएको खेलमा भारतले १–० गोलले जीत हात पार्दै उपाधि हात पारेको हो ।
पराजीतसँगै नेपालले दुई दशकपछि अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्ने मौकासमेत गुमाएको छ ।
२० वर्षअघि सिनियर टोलीले ढाकामा भएको साफमा स्वर्ण जितेपछि नेपालले अन्तराष्ट्रिय फुटबलमा उपाधि जित्न सकेको छैन । सन् १९९३ मा नेपालले भारतलाई हराउँदै फुटबलको स्वर्ण जितेको थियो ।
घरेलु मैदानमा भएको साफ यू–१६ च्याम्पियनसिप प्रतियोगिताभर राम्रो प्रदर्शन गरेको नेपालले उपाधि जित्नेमा धेरै आशावादी थिए । तर, भारतसँथ १–० ले पराजित हुँदै उपविजेतामा सिमित भएको छ । यससँगै सिनियर टिममा दबदवा कायमै गर्दै आएको भारत उमेर समूहमा पनि च्याम्पियन भएको छ । सिनियर टिममा ७ संकरण सम्पन्न हुँदा भारतले ५ पटक उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भारतको जितमा १८ औं मिनेटमा जेरीले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा भारतीय खेलाडी वान भर्सेज वानमा चुक्दा अग्रता दोब्बर पार्ने मौका गुमायो ।
खेलको ८४ औं मिनेटमा नेपालका विमल घर्ती मगर वान भर्सेज वानमा चुक्दा नेपाल बराबरी गर्नबाट बन्चित भयो । खेलको अन्तिममा अनन्त तामाङको प्रहार भारतीय गोलरक्षकले पन्च गरेपछि नेपाल घरेलु मैदानमा भारतलाई उपाधि सुम्पन बाध्य भयो ।
Post Top Ad
contact e.enetnepal@gmail.com to Advertise here
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
contact e.enetnepal@gmail.com to Advertise here
Author Details
E Net Nepal is a Nepali Site.
No comments:
Post a Comment