गोलीकाण्डको विरोधमा महोत्तरी बजार बन्द - E Net Nepal

Post Top Ad

contact e.enetnepal@gmail.com to Advertise here

गोलीकाण्डको विरोधमा महोत्तरी बजार बन्द

Share This
११ साउन । जलेश्वरको खैराचोकमा विहीबार भएको गोली काण्डको विषयलाई लिएर फोरम नेपालका कार्यकर्ताहरुले जलेश्वर बजार बन्द गरेका छन् ।
सुरक्षा व्यवस्था फितलो भएको भन्दै उनीहरुले विहानैबाट सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । सडकमा यातायताका साधन पनि चल्न दिएका छैनन् । फोरम नेपालका कार्यकर्ताहरुले विभिन्न चार सुत्रिय माग गर्दै हरि नारायण यादवको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी राम प्रसाद थपलियालाई ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापनपत्रमा गोली प्रहार गर्नेलाई तत्काल पक्राउ गर्नुपर्ने, घाईतेको उपचारको व्यवस्था एवं उचित क्षतिपुर्तिको व्यवस्था मिलाउनुपर्ने लगायतका माग रहेका छन् । गोली प्रहार भएको ठाउँ नजीक सशस्त्र प्रहरी बल चेकचाज र जिल्ला प्रशासन कार्यालय पनि रहेको हुँदा हुँदै पनि सुरक्षा व्यवस्था फितलो भएको फोरम कार्यकर्ताहरुको आरोप छ । विहीबार मधेशी जनअधिकारी फोरम नेपालका जिल्ला सदस्य राम प्रकाश साहमाथि पार्टी कार्यालयमा गोली प्रहार गरिएको थियो ।

No comments:

Post a Comment

Post Bottom Ad

contact e.enetnepal@gmail.com to Advertise here