रेग्मी र प्रचण्डबीच भेटवार्ता

१९ असार । अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भेटवार्ता भएको छ ।

अध्यक्ष रेग्मी निवास बालुवाटारमा भएको भेटमा संविधानसभाको चुनाव र चुनावी वातावरण बनाउने विषयमा छलफल भएको हो । भेटमा अध्यक्ष रेग्मीले असन्तुष्ट दलहरूलाई चुनावी प्रक्रियामा ल्याउन एकीकृत नेकपा माओवादी अध्यक्ष दाहाललाई आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालले आफूले दलहरूसँग छलफल गरिरहेको भन्दै सरकारलाई पनि असन्तुष्टहरूसँग छलफल प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको थियो ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...