चुनाव भाड्ने षड्यन्त्र भईरहेको गौतमको आरोप

२५ असार । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसकेन्द्रित दलले संविधानसभाको निर्वाचन नचाहेको आरोप लगाउनुभएको छ ।

कैलालीमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा उपाध्यक्ष गौतमले निर्वाचनका लागि एमाले चुनावी अभियानमा गाउँ पसिसकेको बताउँदै कांग्रेस, एमाओवादी र अन्य दल अझै गाउँ पसिनसकेको अवस्थाले निर्वाचन नहुन दिने षड्यन्त्र भइरहेको आशङ्का व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–वर्तमान सरकारले मङ्सिरमा निर्वाचन गराउन नसके त्यसपछि बन्ने सरकारले निर्वाचन गराउने प्रत्याभूति छैन ।

0 comments

Write Down Your Responses

Related Posts Plugin for WordPress, Blogger...